लुम्बिनी, १३ असार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले प्युठानको सरुमारानी गाउँपालिका–२ बगालेमा स्थापना गरिएको हाट बजारको आज उद्घाटन गर्दै हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका…