काठमाडौ १९ मंसिर । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठन र मध्यावधि निर्वाचनबारे सँगसँगै चर्चा हुन थालेको छ । निर्वाचनमा राजनीतिक दलहरुले प्राप्त गरेको नतिजा, नतिजापछि बन्ने राजनीतिक समीकरण र सरकार गठनमा दलहरूको भुमिकाका साथै त्यसपछि बन्ने सरकारको स्थायित्वसँग जोडेर मध्यावधि निर्वाचनबारे चर्चा हुन थालेको हो…