बर्दिया १० असोज । बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाइदिएर स्वागत गरे ।साइकल लिएर गर्दै नेपाल आएका पर्यटकको समूहलाई ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्धारामा स्वागत गरिएको हो । उनीहरुलाई प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख…