झापा, ७ असोज शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा बिजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गरिने गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । उहाँले महिला फुटबल प्रतियोगिताको इतिहासमा यो पुरस्कार नेपालमै सर्वाधिक राशिको भएको दाबी…