काठमाडौँ, २० भदौः गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो । प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०÷८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव…