महोत्तरी, ११ असोज बर्दिवास नगरपालिका–३ स्थित कालीदमार तथा रातु महिला सामुदायिक वन संरक्षित गरिएपछि वन्यजन्तु र पक्षी निकै बढेका छन् । बर्दिवास–३ को चुरेकाछको बस्ती कालापानीका २१० घर उपभोक्ता रहेका यी दुवै वन क्षेत्रमा चरीचरण र सिकार पूर्ण रुपले बन्द गरिएपछि वन्यजन्तु तथा पक्षीको सङ्ख्या निकै बढेको हो । करिब ३५९ हेक्टरको कालीदमार र ३५०…