‘ काठमाडौं १३ असोज । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । सर्वोच्चले सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन–तीन महिना कैद सजाय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए…