काठमाडौँ १५ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताए ।‘औपचारिकरुपमा सरकारले निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जान्छ…