काठमाडौं २३ बैशाख । कोरोना महामारी नियन्त्रणमा सेना थप सक्रिय हुने तयारीमा छ । जंगी अड्डाले ०७२ यता अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । सेनासँग ६ वर्षको अवधिमा अवकाश पाएका करिब तीन सय ५० स्वास्थ्यकर्मी सैनिक छन् ।सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले कोरोना संक्रमण नियन्त्रणको अभिभारा सेनामा आउने अवस्था देखिएपछि अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई…