घोराही (दाङ), २६ असोज घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गर्नुभएकी उहाँका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ । वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उहाँको अहिले दैनिकी बनेको छ । उहाँ…