काठमाडौं २ माघ। पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ । आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।…