कपिलवस्तु, १३ पौष ।नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्था आएको भन्दै नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्रमा फाइदा नपुग्ने उहाँले बताउनुभयो । सिद्धार्थ क्याम्पस बुंचीको १३ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो…