कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, बग्दीस्थित पूर्ण केशर माध्यमिक विद्यालयमा नयाँ भवन तथा शौचालय निर्माणका लागि जनप्रतिनिधि र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा विद्यालय भवन निर्माणका लागि विनियोजन गरेको तीन करोड रुपैयाँ बजेट अन्तर्गत पूर्वाधार निर्माणको तयारीस्वरूप उक्त निरीक्षण गरिएको हो। स्थलगत अध्ययनमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसूदन शरण चौधरी,…