तुलसीपुर,११-फागुन/ मावि कालाखोलामा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । तुलसीपुर नगर जेसिजको आयोजनामा बुधबार मावि कालाखोलामा अध्ययनरत विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । जेसिजको कार्ययोजना स्वास्थ परिक्षण स्कुल–स्कुलमा कार्यक्रम अन्तरगत निःशुल्क आँखा परिक्षण शिविर गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष केशव केसीले जानकारी दिए । आँखा जाँच गराएका ४३१ जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको थियो…