कपिलवस्तु, आश्विन २७ युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाइटेड अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तारका उद्देश्यसहित भवन निर्माण कार्यलाई तीव्रता दिएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुन्दर आचार्यका अनुसार अस्पतालमा छिट्टै आई.सि.यु. सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ र सोही उद्देश्यका लागि निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाइएको छ। उनका अनुसार नवनिर्माणाधीन भवनमा तीनवटा अत्याधुनिक अपरेसन…