ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला-१ खोक्लिङमा एक जना युवककाे शव फेला परेकाे छ । ताप्लेजुङकाे दाेभानबाट खाेक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीकाे दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएकाे हाे । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिनुभएकाे छ ।