दाङ२२ फागुन/ कैलाली कारागारमा एक जना थुनाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका ३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाका अनुसार सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको हो । थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका…