काठमाडौं १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको ज्याद्धतीले सिमा नाघेको छ । आफै कानून तोडेर मन्त्री श्रेष्ठले कानून कार्यान्वयन गरेबापति सुरक्षागार्डलाई प्रहरी लगाएर पक्राउ गराई ज्याद्धतीको हद पार गर्नुभएको हो ।व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुग्नुभएका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्…