बुटवल २६ असार । रुपन्देहीमा महिला तथा युवतीहरुका संकास्पद मृत्युका घटना एकपछि अर्को दोहोरिदै जान थालेका छन्। सनिवार विहान मात्रै बुटवलको गोलपार्क होटलमा १६ वर्षिय युवती मृत अवस्थामा फेला परेको २४ घण्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राईभरटोलकी २३ वर्षिय अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।सनिवार मध्यान्ह १२ बजेतिर व्यूटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी चुँदाली…