काठमाण्डाै – पालिका चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान समेत गर्नुभएको छ । साथै उहाँले कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा…