राेल्पा - रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट गएराति नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् । कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…