काठमाण्डाै २९ चैत - नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डाै र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाण्डौ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाण्डाै महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।…