कपिलवस्तु ८ चैत ।राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुको प्रथम भेला जिल्लाको चार नम्बरमा सम्पन्न भएको छ ।भेलाले हिमलाल वाग्लेको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तु गठन गरेको छ ।समितिको उपाध्यक्षमा बि शंकर पराजुली, सचिवमा कमल खड्का, कोषाध्यक्षमा घनश्याम पोख्रेल, सह–सचिवमा बिमला श्रेष्ठ, त्यसैगरी सदस्यहरुमा रामु पौडेल, भिम बहादुर राहाडी रहेका छन्…