कपिलवस्तु १९ मंसिर । शुद्धोदन गाउँपालिकामा केही दिनदेखि तालाबन्दी छ, जसले पालिकाको कामकाज पूर्ण रूपमा ठप्प छ । गत बिहीबारदेखि पालिकाको भवन प्रवेश गर्ने भ¥याङको मुख्य ढोकासहित विभिन्न शाखामा भोटे ताल्चा झुन्ड्याइको छ । गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौंडलाई हाजिर गराउने/नगराउने विषयमा अध्यक्ष निसार अहमद खाँ र उपाध्यक्ष सुधादेवी पाण्डेबीच विवाद हुँदा समस्या…