कपिलवस्तु १४ मंसिर ।नेपाली कांग्रेस कपिलवस्तुको सभापति पदमा महाराजगंजका मेयर समेत रहनु भएका अब्दुल कलाम विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी पूर्व सभापति समेत रहेका राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश…