रुपन्देही २६ पुस ।बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनाइएका घर–टहरासहितका संरचना भत्काउन थालिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले २४ घण्टे समयसीमा दिएर आइतबारदेखि घरटहरा भत्काउन थालेको हो । आयोजनाले शुक्रबार घरधनीलाई अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । सर्वोच्च अदालतले सडक विस्तार गर्न बाटो खोलिदिएसँगै काम अघि बढाइएको हो । घरधनीहरूका…