काठमाडौं ३० जेठ। नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा ब्यूँताउने प्रस्ताव अघि सारेका छन् । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेताहरू एमालेमै फर्किने क्रम बढेपछि अध्यक्ष नेपालले ‘नेकपा कार्ड’ फ्याँकेको कतिपयको टिप्पणी छ ।तर, अध्यक्ष नेपालले अहिलेमात्रै नभए पार्टीभित्र संकट बढ्दै गएपछि केही समयअघि देखि नै नेकपा एमालेका…