वेलिङटन, १७ कात्तिक । न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गर्नु भएको छ । उहाँलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ । बीस सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी…