एजेन्सी, २३ चैत्र ।आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता…