काठमाण्डाै १२ चैत - दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ । दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय…