रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ । घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा विश्वले कहिलेसम्म बेवास्ता गरेर सहयोगी बनिरहन्छ ? भन्दै टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ…