काठमाडौँ- रुसको निरन्तरको आक्रमणबीच युक्रेनबाट १५ लाखभन्दा बढी मानिस बाहिरिएका छन्। युद्ध सुरु भएको दसौं दिनसम्म उक्त संख्यामा मानिसहरूले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थीसम्बन्धी उच्चायुक्त फ्लिपो गान्डीले जानकारी गराएका छन् । युरोपमा दोस्रो विश्वयुद्धपछि हाल शरणार्थी समस्या तीव्र गतिमा बढिरहेको उच्चायुक्तले बताएका छन्। युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण बढिरहँदा दक्षिण सहर मरिपोलमा युद्धविरामको घोषणा…