मुगु, २१ भदौः यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापरखेतीमा हाल पुनः कृषकहरु आकर्षित भएका हुन् । विशेषगरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापरखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका…