रुपन्देही ११ कार्तिक । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको जनाएका छन् ।चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताएका हुन् ।मानव सेवा आश्रमको…