लुम्बिनी २६ असोज । लगातारको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। बाढी र पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन्। तराईका जिल्लामा डुबान र पहाडमा पहिरोले सर्वसाधारणलाई समस्या पारेको छ।बाँकेको राप्ती नदीआसपासका बस्ती अति नै प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बाढीका कारण करिब नौ हजार घरपरिवार प्रभावित…