धरान (सुनसरी), २७ कात्तिक सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिनु भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक हुनुहुन्थ्यो । गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उहाँ भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढल्नुभयो । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिनुभएका…