काठमाण्डाै ३ बैशाख - काठमाण्डौका विभिन्न ठाउँबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । विभिन्न निकायसँगको समन्वयमा काठमाण्डौका सडकपेटीबाट उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाण्डौ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई…