सर्लाहीको मलंगवामा अपहरणपछि हत्या गरिएको काण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार राति बालकलाई अपहरण गरेको केही घण्टामा नै हत्या गरी प्लास्टिकको बोरामा सेफ्टी ट्यांकीमा खसालेको अभियुक्तले प्रहरीसमक्ष स्वीकार गरेको छ। छिमेकी दीपेन्द्र ठाकुरसँग धेरै पैसा छ भनेर आफूलाई लागेको र उनको १० वर्षे छोरा आकाश ठाकुरलाई अपहरण गरेपछि फिरौती स्वरुप धेरै पैसा…