अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गर्नुभएको छ । निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा…