काठमाडौं ३० फागुन । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशका पहाडी भू भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ…