काठमाडौँ २६ माघ — टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएकामध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन । सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएका बेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङका अनुसार उक्त घटनामा नेपाली पनि परेको…