काठमाडौं १९ माघ । पश्चिमी वायुको प्रभावका कारण आज रातिदेखि मौसम बदली भई पहाडी तथा तराईमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने जनाइएको छ। बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भागमा सामान्यतः सफा रहेको छ। तर‚ आजदेखि पश्चिम नेपालबाट प्रवेश…