काठमाडौं १२ माघ -प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण…