वीरगञ्ज २९ पुस । वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् । प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको प्रहरीले जनाएको…