कपिलवस्तु १९ असोज । सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रालयमा सचिवमा कार्यरत पन्थ प्रशासन सेवाका दक्ष र कर्मठ सहसचिव थिए। …