धनगढी, ४ माघ । थरुहट–थारूवान मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले राज्यको अधिकार प्राप्तिका लागि थारूहरूले अन्तिम पटक निर्णायक आन्दोलनको तयारी गरिरहेको बताएका छन् ।धनगढी उपमहानगरपालिका–१६ फूलबारीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले धनगढीमा फागुन १५ र १६ गते ५० हजार थरुहट युवा, महिला र विद्यार्थी एउटै पोसाकमा सहभागी भएको विशेष राष्ट्रिय सम्मेलनबाट आन्दोलनको घोषणा हुने बताए…