काठमाडौँ, ३ कात्तिक महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा डिल्लीबजारस्थित देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उहाँको प्रतिमामा माल्यार्पण तथा कविता वाचन गरियो । प्रतिष्ठानका कुलपति भुपाल राईले नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको अन्तरराष्ट्रिय तहमा प्रचारप्रसारसमेतमा देवकोटाले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण…