काठमाडौँ, १ कात्तिक कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो । कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उहाँले नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुयो । फलत ः निर्देशक सुब्बाले लिम्बू…