महोत्तरी, २८ असोज चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेसका प्राचीन मिथिला क्षेत्रसहित महोत्तरीमा कुम्हाल समुदायको व्यस्तता बढेको छ । यसपक्षको अन्त्यमा पर्ने दिवाली (लक्ष्मीपूजा, दीपावली, तिहार, यमपञ्चक) र त्यसलगत्तै सुुरु हुने छठ पर्वमा माटाका भाँडाको माग बढ्ने भएकाले कुम्हाल समुदायमा माटाका भाँडा बनेउने व्यस्तता बढेको हो । दिवाली र छठ पर्वमा कलश राखिने भाँडा, दियो, घडा…