काठमाडौँ, १२ असोजः दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक छ । विद्यालय र सरकारी कार्यालय बिदा भइसकेपछि यो सङ्ख्यामा झन् वृद्धि हुनेछ । घटस्थापनादेखि हालसम्म करिब दुई लाखले काठमाडौँ छाडिसकेका छन् दशमीको दिन असोज १६ गतेसम्म घर फर्किनेहरुको सङ्ख्या करिब २५ लाखको हाराहारी हुनेछ । भञ्ज्याङै भञ्ज्याङहरुले घेरिएको काठमाडौँ उपत्यका बाहिरिने करिब दुई…